मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर विक रहेका छन् ।

प्रहरी चौकी रामघाट सुर्खेतका अनुसार बुधबार बिहान ६ः४५ बजेको समयमा भेरीगंगा नगरपालिका–११ पातलेखोलामा मोटरसाईक दुर्घटनामा परेको हो । दुर्घटनामा पर्ने मोटरसाईकल छिन्चु जाजारकोट सडक खण्डमा जाजरकोटबाट छिन्चुका लागि छुटेको कर्णाली प्रदेश ०२००१ प ९६०५ रहेको छ ।

उक्त मोटरसाईकल अनियन्त्रित भई खोलामा खस्न जाँदा मोटरसाईकल चालक गुर्भाकोट नगरपालिका–६ का २७ वर्षीय कृष्णबहादुर विक घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरि उपचारको क्रममा मेहेलकुना अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।