कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप  दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटना मृत्यु हुने जिपका चालक शुभकालिका-२ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको छ ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको रिमालले जनाए ।