मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

सुर्खेत ।स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ ।पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे ।

यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।