बडिमालिकाकाे भिरबाट लडेर एकजना गम्भीर घाइते

सुर्खेत । बडिमालिकाकाे भिरबाट एकजना लडेर गम्भीर घाइते भएको छन् । साेमवार कालिकोट पलाता गाउँपालिका-१ विन्दास न्याैपाने भिरबाट लडेर गम्भीर घाइते भएका हुन् ।

उनकाे उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत रिफर गर्ने भनिएता पनि लगातारको बर्षाका कारण न्याैपानेलाई रिफर गर्न नसकिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।

उनले भने,` वर्षा भइरहेको हुँदा घाइते न्याैपानेलाई अहिले बडिमालिकामा नेपाली सेनाकाे क्याम्पमा राखिएको छ । घाइतेलाई रिफर गर्न्नका लागि गएको हेलिकप्टर बाजुरामा गएर बसेकाे छ । घाइतेकाे अवस्था गम्भीर छ ।,

घाइते न्याैपाने कम्मलकाे व्यापारका लागि बडिमालिका गएका थिए ।