सुर्खेत । दैलेखको नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्य हाजिर भएका छन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्य जनप्रतिनिधिलाई कुनै पनि जानकारी नदिएर हाजिर भएका हुन् । कार्यालयमा हाजिर भएको कुरा थाहा नपाएपछि आचार्यलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
तर, नगरपालिकाकी उप–प्रमुख तप्ता थापाले आफ्नो नगरपालिकामा प्रमुख प्रशासकीय आएको कुराको कुनै जानकारी आफुलाई नभएको बताइन् ।
उनले भनिन्, ‘उहाँ आएको जनप्रतिनिधि कसैलाई पनि खबर भएन्। पालिकामा प्रमुख प्रशासकीय अधिकृत आएको कुरा जानकारी नभएकाले यस विषयमा धेरै बोल्दिन् ।’
यस्तै, आफू बिहान १० बजेदेखि कार्यालयमा रहेको भएपनि कुनै जनाकारी नभएको बताइन् ।
यता नगरप्रमुख लोमन शर्मा कार्यालयमा नभएको समयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आचार्य हाजिर भएका छन् ।
यस्तै, नगरप्रमुख शर्मा नगरपालिकामा नभएको समयमा आचार्यले प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका छन् भने उनलाई नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् । नगरप्रमुख शर्मा जिल्ला बाहिर रहेका छन् ।
आचार्यालाई प्रशासन मन्त्रालयले नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मंसिर २९ गते खटाएको थियो ।
यस्तै, भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्याले आजबाट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेको बताए । उनले भने, ‘जसले जे भनेपनि नीतिगत रुपमा काम गर्ने छु उनले भने,‘नगरपालिकामा रहदासम्म आफ्नो जिम्मवारी कुशलतापूर्वक निर्भाह गर्नेछु ।,
यसअघि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको थियो ।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाएपछि नगर प्रमुख शर्माले त्यसको विरूद्धमा मन्त्रालयलाई पत्राचार गरेका थिए ।
नगर प्रमुख शर्माले आचार्यलाई आफ्नो नगरपालिकाको कार्यालयमा हाजिर गर्न नदिने अडान लिएका थिए ।
ए.के. सञ्चार । ५ पुष २०८०, बिहीबार १८:२९