दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरू आन्दोलनमा

बाँके । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा आज स्वास्थ्यकर्मीहरुले आन्दोलन गरीरहेका छन । स्वास्थ्यकर्र्मी कुटन पाइदैन जस्ता नाराहरु लगाउदै आन्दोलन गरेका हुन् । भेरी अस्पतालबाट दिइने सेवाहरु थप्प रहेका छन ।
जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको ज्यान गएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।
कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।
अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।