सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भोलिबाट सञ्चालन हुने भनिएको तेस्रो कर्णाली एक्सपो स्थगित भएको छ ।
निर्माणाधीन रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको महोत्सव स्थगित भएको हो ।
आयोजक उद्योग वाणिज्य संघले सोमबार दिउँसो एक सूचना जारी गर्दै महोत्सव स्थगित भएको जनाएको छ ।
स्थगन भएको महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गर्ने तयारी रहेको थिए ।
फागुन १२ गते उच्च अदालत सुर्खेतमा रिट परेपछि महोत्सव स्थगित गर्नुपरेको सुर्खेत उद्योग बाणिज्य संघका प्रवक्ता भद्र भण्डारीले बताएका छन् । भण्डारीले भने, ‘अदालतको भोलि हुने आदेश पछि नयाँ सुचना जारी गरेर मेला सञ्चालनका बारेमा जानकारी गराउने छौं ।’
ए.के. सञ्चार । १३ फाल्गुन २०८०, आईतवार २१:१६