गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न हुँदैन –शेखर कोइराला

काठमाडौं । गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाई छ । आज कांग्रेस क्षेत्रीय समिति मोरङ ६ ले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा आफूले जोड दिएको उल्लेख गरेका छन् । नेता कोइरालाले १ सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न नसक्ने दाबी गरेका छन् ।

उनले स्थानीय तहमा भएको गठबन्धनले परिणाम राम्रो आए पनि अहिले १ सय सिट भन्दा कममा गठबन्धन गर्न नसकिने अडान लिएका छन् । उनले गठबन्धनको मर्म भनेको एमालेले गरेको असंवैधानिक कदम रोक्ने मात्रै भउको जिकिर गरेका छन् । गठबन्धन गर्दा कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन गर्न पनि जोड दिनुपर्ने नेता कोइरालाको भनाई छ ।