वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर-११ मा इनार सफा गर्ने क्रममा निसासिएर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर-११ पिपिरा का ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मीप्रसाद कँडेल रहेका छन् ।

प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक बीरेन्द्र वीर विश्वकर्मा वीरेन्द्रनगर नगरपालिका-११, तोर्ण विकको घरको इनार सफा गर्ने आज दिउँसो निसासिएर मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुलाई प्रदेश अस्पताल कालागाउँ पु¥याएपछी दुबैजनाको मृत्यु उपरीक्षक विश्वकर्मा बताए ।