जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु

सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका-९ का ३८ वर्षीय इन्द्रबहादुर रोकायकाे खोलाले बगाउँदा मृत्युु भएको हाे ।

शनिवार राति-११ बजे कुशे गाउँपालिका-१ पागेचौरस्थित चैयाखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतक राेकाय सँगै अन्य ६ जनालाई पनि खोलाले बगाएको र उनीहरूलाई सकुशल उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

राेकाय कुशे गाउँपालिका- १ कालिका माविमा कार्यरत थिए ।