२३ वर्षीय युवकले गरे आफ्नै आमा र काकाको हत्या

काठमाडौ । गए राती करिब साढे १० बजे झापामा २३ वर्षीय युवकले आफ्नै आमा र काकाको हत्या गरेका छन् । कमल गाउँपालिका–२ सिमलडाँडीका २३ वर्षीय चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका सन्तबहादुर माझीको हत्या गरेका हुन । हत्यापछि भाग्दै गरेका चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

माझीले सुतिरहेका काका ५० वर्षीय सन्तबहादुरमाथि पहिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसपछि उनले ५० वर्षीया आमा चन्द्रकलालाई पनि सुतिरहेकै ठाउँमा हत्या गरेको जनाइएको छ ।