कर्णाली प्रदेश सरकारको प्रवक्तामा शाह

सुर्खेत । कर्णाली प्रदेश सरकारको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ ।

कर्णाली प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री शाहलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

प्रवक्ता शाह दैलेख २ (२) बाट निर्वाचित भएका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।