जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिद्वारा प्रतिवेदन लेख्न सुरू

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेख्न सुरू गरेको छ।समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा प्रतिवेदन लेखनको थालनी गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए।

समितिले साउन ५ मा लिएको बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई अस्वीकार गरेका थिए।अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलका निम्ति समितिले अर्थ मन्त्रालयको सिसिटिभी हार्डडिस्क प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।समितिको थपिएको म्याद बिहीबार सकिँदैछ।