सभामुखमा काँग्रेसका खड्ग पाेखरेलकाे उम्मेदवारी दर्ता

सुर्खेत ।  कर्णाली प्रदेशमा सभामुख पदका लागि उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसबाट खड्ग पोखरेलले ११ बजे उम्मेदवारी दर्ता गरेकाे प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।

उनी काँग्रेसका सुर्खेत जिल्ला सभापति हुन् । पाेखरेल  सुर्खेत १ (क) बाट निर्वाचित सांसद हुन् ।