द कर्णाली सुपरमार्टको दोस्रो शाखा सञ्चालन हुँदै

सुर्खेत । कर्णाली सुपरमार्टको दोस्रो शाखा सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको घण्टाघर लाईनमा स्थापना भएको सुपरमार्टको दोस्रो शाखा शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिदै छ । शाखा उद्घाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका अवसरमा द कर्णाली सुपरमार्टले सेवा संचालनबारे जानकारी गराएको हो । सुपरमार्टका सञ्चालक तेजेन्द्र कार्कीका अनुसार २०७७ बाट सेवा दिदै आएको कर्णाली सुपरमार्टले दोस्रो शाखाको रुपमा सेवा विस्तार गर्न सफल भएको छ ।

ग्राहकका रुचिका आधारमा सुपरमार्टले दैनिक उपभोग्य सामाग्री सहुलियत मूल्यमा उपलब्ध गराउनुका साथै सुर्खेतमा नपाइने खाद्य सामग्री पनि उपलब्ध गराउँदै आएको छ । विश्व बजारमा रहेका ब्राण्डडेट खाद्य सामाग्री बिक्रि गर्दै आएका छौं । तर विजुलीका कारण सेवा सञ्चालनमा समस्या छ’ कार्कीले भने, ‘बत्तिका कारण फाइदा जति त्यही बराबर हुन्छ, तर नियमित सेवाबाट पछि हटेका छैनौं, हामीलाई माया गर्ने सेवाग्राही प्रति धन्यबाद ।’

सुपरमार्ट सञ्चालनका लागि करिब चार करोड बढी लगानी रहेको सञ्चालक कार्कीको भनाइ छ । साथै सुपरमार्टले हरेक वर्ष सपिङ्ग फेस्टिबल समेत गर्दै आएको । जसअन्तर्गत लक्कि ड्र मार्फत हरेक वर्ष विभिन्न उपहार पनि उपलब्ध गराउँदै आएको छ ।

सञ्चालक कार्कीका अनुसार मासिक पाँच सयभन्दा माथिको सामान खरिद गर्ने ग्राकलाई सदस्यता स्वरुप कुपन दिएर लक्कि ड्र गरिन्छ । यस वर्षका लागि लक्कि ड्र मार्फत बिद्युतिय स्कुटर उपहार योजना रहेको कार्कीले बताए । जसका लागि यही असार २८ गतेदेखि कार्तिक महिनासम्म पाँच सय रुपैंया बढिको सामान खरिद गर्ने सेवाग्राही लक्कि ड्र मा समावेश हुुनेछन् ।

रोजगारीका लागि विदेश गएका कार्कीले विदेशको सीप आफ्नै भूमिमा केही गर्न मार्ट सञ्चालन गरेका थिए । सुपरमार्टमा ३० जनाले रोजगारी प्राप्त गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक दैनिक उपभोग्य सामग्री एकैठाउँ कर्णाली सुपरमार्टले उपलब्ध गराउँदै आएको हो ।

वीरेन्द्रनगर–६ खोर्के लाइनमा झण्डै दुई करोडको लागतमा सेवा सञ्चालन गरेको सुपरमार्टले थप सेवा विस्तार गर्दै गएको छ । मार्टमा दैनिक उपभोग्य फ्रेसदेखि फोजनसम्मका सामग्री रहेको मार्टमा निर्देशक कृष्णबहादुर भण्डारीले बताए । बदलिदो समयक्रमअनुसार व्यवसायलाई उपभोक्ताको मागअनुसारका सबै सामग्री मार्टबाट उपलव्ध हुने गरेको छ ।