कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर । गएराति कञ्चनपुरको पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल राना रहेका छन् ।