मोबाइल व्यवसायी महासंघको स्थापना दिवसमा रक्तदान

सुर्खेत । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसको अवसरमा नेपाल मोबाइल व्यवसायी महासंघ कर्णाली प्रदेशले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

बिहीबार कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा ५१ जनाले रक्तदान गरेका हु्न । रक्तदानमा ५ महिलासहित ४६ जना पुरुषले रक्तदान गरेका छन् ।

मोबाइल व्यवसायी महासंघ कर्णाली प्रदेशले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । यस वर्ष पनि कर्णालीमा रगत अभावलाई दृष्टिगत गरी कार्यक्रम गरेको आयाेजक नेपाल माेबाइल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष भगत बहादुर रावलले जानकारी दिए ।

एक थाेपा रगतकाे अभावले कसैले पनि ज्यान गुमाउन नपराेस भन्ने हेतुले रक्तदान कार्यक्रमकाे आयाेजना गरेको अध्यक्ष रावलले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।