स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ –मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन् । उनले संघ र प्रदेशका योजना तथा कार्यक्रमहरू कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिनुपर्ने बताए ।

नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए । मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई देखिने र संघीय सरकारलाई सुनिने सरकार भएको बताएका थिए ।

देखिने र सुनिने सरकारबाट सञ्चालन हुने योजनाहरूको कार्यान्वयन जनताको चुल्होको सरकार अर्थात स्थानीय सरकारलाई दिइनुपने उनको भनाई छ । उनले ‘कर्णाली प्रदेश सरकारले यही कारण जहिल्यै स्थानीय सरकारलाई सँगै लिएर काम गरिरहेको बताए । उनले स्थानीय तह घरको जग भएकाले पहिलो बजेट स्थानीय तहले ल्याउनुपर्ने जिकिर गरेका छन् ।

मुख्यमन्त्री शाहीले साउनबाटै बजेट कार्यान्वयन गर्ने बानीको विकास हुनुपर्ने बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तह बलियो नहुँदासम्म देशको विकास हुन नसक्ने बताए । मुख्यमन्त्री शाहीले जनसंख्यालाई आधार मानेर बजेट पठाउँदा कर्णालीलाई अन्याय भएको बताए । ‘