ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइयो–उमा रेग्मी

काठमाडौं । ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रेग्मीले उक्त व्यवस्थाले ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरिन् ।

 

ज्येष्ठ नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको यो विधेयक प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा आएको हो । मन्त्री रेग्मीले ज्येष्ठ नागरिक गाउँमा तर सहरमा छोराछोरी आएर बस्ने प्रवृत्ति बढेको र ज्येष्ठ नागरिकलाई सन्तानबाट दुव्र्यवहार तथा हिंसाका घटनासमेत सुन्नमा आएको बताइन् । उनले पढेलेखेकाले पनि आफ्ना अभिभावकलाई आश्रममा छाड्ने गरिएकाले यस विधेयकमा उनीहरुका सवालमा सन्तानलाई उत्तरदायी बनाइएको छ ।