नीति तथा कार्यक्रम उत्कृष्ट कार्यान्वयन अवस्था कमजोर छ: प्रमुख सचिव पाैडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रमुख सचिवले चूडामणि पाैडेलले प्रदेशको नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि कार्यान्वयन अवस्था कमजोर भएको बताएका छन् ।

वीरेन्द्रनगरमा शुक्रबार आयाेजक राष्ट्रिय महिला आयाेगद्वारा महिलाको हक हित र अधिकारका बिषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आफ्नाे भनाइ राख्दै प्रमुख सचिव पाैडेलले नीति सारै उत्कृष्ट भएपनि कार्य पक्ष कमजोर रहेकाे बताएका हुन् ।

एउटा पक्षले मात्रै कार्यान्वयन गरेर नहुने सचिव पाैडेलले भने,` यसका लागि तिनै तहका सरकारकाे सहि रुपमा कार्यान्वयन हुनुपर्छ । नीति छ कार्यक्रम छ तर बजेट छैन । यसले गर्दा कार्यान्वयनमा ढिलाइ हुन्छ । सबैभन्दा महत्त्वपूर्ण बजेट हाे ।`

नेापलमा विगतकाे भन्दा हाल लैंगिक हिंसा कानूनी व्यवस्थामा सुधार भएको प्रमुख सचिव पाैडेलले बताए ।

उनले महिलामाथि आक्रमण, विभेद, अपहेलना र नजानिदो किसिमले महिलाका हिंसा पछिल्लो समयमा केही न्यूनीकरण भएको बताए ।

प्रमुख सचिव पाैडेले कर्णालीमा आउने बजेट कम हुनुका साथै जनशक्ति प्राप्त मात्रामा नहुँदा काम गर्न समस्या हुने गरेकाे बताए ।

साथै, उनले कर्णाली प्रदेश भुगाेलले ठुलो प्रदेश भएपनि मानव विकास सूचकाङ्कमा पछाडि रहेकाे बताए ।

कर्णालीमा अब तत्काल नीति तथा कार्यक्रम बनाउदै छाैँ प्रमुख सचिव पाैडेलले भने,` बजेट बनाउदै छाैँ, कार्यक्रममा उठेका सुझाव अर्थपूर्ण छन् । यी सुझावलाई हामीले मनन् गर्नेछाैँ ।`

साथै, कार्यक्रममा सुर्खेत जिल्ला समन्वय समितिका उपप्रमुख सचिन बडुवालले महिलाहरुले अवसरकाे माग नगर्ने बताएका छन् । महिलाकाे हकहितका लागि आफै लागि पर्ने सुझाव दिए ।

यस्तै, कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखा सचिव आनन्द सारुले कर्णाली जानसाङ्खिक लाभकाे अवस्था, श्रम शक्ति सहभागिता र राेजगारीकाे अवस्था, युवा वेराेजगारीकाे अवस्था, लैंगिक स्थिति र शिक्षा, प्रजनन स्वास्थ, कर्णालीमा विवाह र बाल विवाहकाे स्थिति, प्रथम पञ्चवर्षीय याेजनामा सामाजिक विकास, सामाजिक विकास सम्बन्धि केही प्रगति, अर्थतन्त्रमा संरचनात्मक रुपान्तरण, र समाजवाद उन्मुख कर्णाली विकास माेडेलका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा महिला, बालबालिका, एकल महिला, द्वन्द पीडित लगायतका बिषयमा छलफल भएको थियाे ।