सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीका २४ वर्षीय भोजन शाही तिला नदीमा डुबेर बेपत्ता भएका छन्।
शनिबार माछा मार्ने क्रममा नदीमा पसेका शाही अचानक बेपत्ता भएको परिवारजनले बताएका छन्। घटना पश्चात् स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन्।

प्रहरीले खाेजि कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए ।

ए.के. सञ्चार । ३ फाल्गुन २०८१, शनिबार १८:५३