दैलेखमा धारिलो हतियार देखाएर चार लाख बढी रुपैयाँ लुटपाट

दैलेख। दैलेखको महाबु गाउँपालिका-२ बडाखोलाम धारिलो हतियार देखाएर लुटपाट भएको छ । शुक्रवार महाबु गाउँपालिका-४ का ३२ वर्षिया सुशिल सिंहलाई ६/७ जना अज्ञात समूहले धारिलो हतियार देखाएर सिंहसँग रहेको नगद  रु चार लाख चौसठ्ठी हजार लुटपाट भएको हो ।

सुर्खेत देखि महाबु गाउँपालिका-४ गिताचौरतर्फ जाँदै गरेका सिंह लुटिएका हुन् । लुटपाटमा संलग्न अज्ञात व्यक्तिहरुको खोजि कार्य भईरहेको दैलेख प्रहरीले जनाएको छ ।