सुर्खेत । सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सव, कुडा कर्णालीको छैटौं संस्करणमा विद्ध्त प्रवचनका निम्ति निम्त्याइएका थिए, राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुति) ।
कर्णालीमा मानव बस्ती, कर्णाली सभ्यता र फैलावट, कर्णालीमा जात व्यवस्थाका बारेमा उनले व्यक्त गरेको विचार हुबहु यहाँ प्रस्तुत गरिएको छ ।
पाँच सय वर्षअघि शासकले देखाएको बाटो हिँडेर कर्णालीको समुन्नति सम्भव छैन् । हामीले राजा महेन्द्रले सुरु गरेको भूगोल, नदी, पहाडको आधारमा ठाउँहरुको पहिचान दिने, त्यहाँको भाषा, सम्यतालाई टुक्र्याउने रणनीति अहिले पनि अँगालेका छौं ।
कर्णाली क्षेत्रले विद्रोह र पहिचानको बाटो आफैं बनाउनुपर्छ, पाँच सय वर्ष अघिका शासकले देखाएको बाटोमा हिँड्दा कर्णालीलाई क्षति पुग्छ । कर्णालीसँग भएको भव्य सभ्यता छ, तर उ अगाडि बढ्न सकेको छैन । त्यसैले कर्णालीको बाटो आफ्नै हुनुपर्छ । कर्णालीका नदीनाला अहिले पनि अरुका हातमा छन् ।
कर्णालीले आफ्नो पहाड, हिमाल, नदीनालामा दावी गर्न सकेको छैन् । यसमा बहस हुन जरुरी छ । यहाँ मल कारखाना किन खुलेन ? मेसिन औजार बनाउने कारखाना किन खुलेनन् ? कर्णालीको प्रगतिको बाटो काठमाडौंले देखाएको बाटो हुनु हुँदैन । कर्णालीलाई अशिक्षित भनिएको छ । म इन्कार गर्छु । यो बेलायतीहरुले स्कुल खोल्नुपर्छ भनेर लादिएको भाष्य हो ।

मानवशास्त्रीहरुले दश हजार वर्ष अगाडि नै कर्णालीमा मानव वस्ती थियो भन्छन् । तर यसको प्रमाण छैन । हाम्रो अगाडि व्यासी र दोप्चाहरु तीन हजार वर्ष अघि नै यो क्षेत्रमा आएका थिए भन्ने पुष्टी भएको छ । यसलाई योगी नरहरीनाथले पनि स्वीकार्नुहुन्छ । यो क्षेत्रमा खसहरुको आगमन २२ सय वर्ष अघि आईसकेको तथ्य आएको छ ।
खसहरु यहाँ आए तर कताबाट आए ? स्वभाविकै रुपमा गंगा मैदान हुँदै आएको देखिन्छ । उनीहरु भारतको खस बस्तीबाट आएर कर्णालीमा आफ्नो सभ्यता स्थापित गरे । खसहरु कोदो लिएर आएका थिए । धामी संस्कृतिसहितको भव्य सभ्यता निर्माण गरे ।
१२ औं शताब्दीपछि यहाँ क्रमशः वैदिक आर्यहरु आएर खस आर्यको जात व्यवस्था विकसित भएको हो । उनीहरुले खसहरुसँग मिलेर जात व्यवस्था निर्माण गरेका थिए । यहीँबाट चार जात, ३६ वर्णको चर्चा सुरु भयो । नेपाल जात व्यवस्था पनि कर्णालीबाट सुरु भएको हो ।
यही जात व्यवस्थाले नवराज विकसहित ६ जनाको हत्या हुने अवस्था निम्तिन्छ । कर्णाली के हो? जब राजा पृथ्वीनारायण शाहको राज्य एकीकरण सुरु भयो जुम्लाले हा¥यो । यहाँबाट सम्पन्न मानिस पूर्व सरे, यहाँ निमुखाहरुको बास रह्यो । कर्णाली उपेक्षामा प¥यो । उपेक्षाको सिकार हुँदै सिंगो पञ्चायत व्यहो¥यो ।
पञ्चायतले हाम्रो सभ्यतालाई टुक्राटुक्रा पा¥यो र क्षेत्रको नामाकरण गरिदियो । कर्णाली भन्दा यहाँका पीरमा बाँचेका दलित, छाउपडीमा बाँचेका महिला चिनिन्छ । जसले आफ्नो भूगोलका आधारमा आफ्नो पहिचान दिन्छ उसको यात्रा लामो हुँदैन । कर्णालीको अवस्था यही हो अहिले पनि । कर्णालीको भाषाले शब्दकोष असरल्ल भरिएको छ ।

ए.के. सञ्चार । ५ फाल्गुन २०८१, सोमबार १८:१९