सल्यान । सल्यान उद्योग वाणिज्य संघले यस वर्षको उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कार पत्रकार अमृत बाबु बुढाथोकीलाई प्रदान गरेको छ।
लामो समयदेखि उद्योग, व्यापार, पर्यटन, कृषि तथा धार्मिक-सांस्कृतिक क्षेत्रको समाचार संकलन र लेखनमा सक्रिय बुढाथोकीलाई संघले नगद राशिसहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको हो।

बुढाथोकी राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष समेत हुन्। उनले हिमालय टेलिभिजन, रेडियो राप्ती सल्यान लगायत विभिन्न सञ्चारमाध्यममा काम गर्दै आएका छन्।
पुरस्कार वितरण कार्यक्रममा संघका पदाधिकारी, उद्योगी-व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। संघले जिल्लामा रहेर उद्योग, पर्यटन, कृषि तथा व्यापार क्षेत्रको प्रवर्द्धनमा योगदान पु¥याउने पत्रकारहरूलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ।
संघका पदाधिकारीहरूका अनुसार यस पुरस्कारले जिल्लाका पत्रकारहरूलाई व्यवसायिक तथा अनुसन्धानमूलक पत्रकारितामा थप प्रेरित गर्ने विश्वास लिइएको छ।

ए.के. सञ्चार । १० चैत्र २०८१, सोमबार ०७:४५