बुद्ध एयरकाे एटिआर ७२ विमानले पुसदेखि सुर्खेत–काठमाडौँ उडान भर्ने

सुर्खेत । बुद्ध एयरको एटिआर ७२ विमानले सुर्खेत–काठमाडौँ उडान भर्ने भएको छ । पुस महिनाबाट बुद्ध एयरको एटिआर ७२ विमानले नियमित सुर्खेत–काठमाडौँ उडान भर्ने भएको हाे । जसका लागि भाडा दर सात हजार ५०० रुपैयाँ कायम हुने भएको छ ।

यस्तै, सुर्खेत विमानस्थलमा बुद्ध एयरले बुधबार एटिआर ७२ विमान मार्फत टेस्ट फ्लाईट सम्पन्न गरेको छ ।

यात्रुहरुलाई कम भाडादरका साथै थप सिटहरु उपलब्ध गराई सेवा अझ विस्तार गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा परीक्षण गरिएको हो ।

सुरुमा १८ सिटबाट सुर्खेत उडान सुरु गरे पश्चात बिगत ५ बर्ष देखि एटिआर ४२ (४७ सिट) जहाजबाट नियमित उडान संचालन गर्दै आएको छ ।

यस्तै, टेस्ट फ्लाईटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटिआर ७२ विमान मार्फत दैनिक दुई (२) उडान संचालन गर्ने योजना बुद्ध एयरको रहेको छ।

एटिआर ७२ विमान मार्फत उडान संचालन गर्दा यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने महसुस गर्ने गरी न्यूनतम भाडा दर ७५०० हुने जनाएको छ। साथै डिसेम्बर २०२२ भित्र थप दुईवटा एटिआर ७२ जहाज ल्याउने बताएको छ।