
कालिकोट । पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो चौमासिकसम्म सम्पन्न गरेका विकास निर्माण कार्यहरूको सार्वजनिक सुनुवाइ यही ३० गते बैशाखमा गर्ने भएको छ।
सुनुवाइ कार्यक्रम गाउँपालिकाको केन्द्र पडेक्षामा आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय नागरिकदेखि राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, युवा तथा बाल क्लब, महिला समूह, वन उपभोक्ता समिति, टोल विकास संस्था, निर्माण व्यवसायी, पत्रकारलगायत सरोकारवाला पक्षहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ।

गाउँपालिका प्रशासन अधिकृत मोहन प्रसाद न्यौपानेले हस्ताक्षर गरेको सूचनामा सार्वजनिक सुनुवाइमार्फत विकासका उपलब्धिहरू, देखिएका चुनौतीहरू र तिनको समाधानबारे विस्तृत छलफल गरिने उल्लेख छ। पारदर्शिता, जवाफदेहिता र जनसहभागिता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो।
गाउँपालिकाले विभिन्न क्षेत्रका नागरिकको सक्रिय उपस्थिति र सुझावमार्फत आगामी योजना तथा कार्यक्रम अझ प्रभावकारी बनाउने अपेक्षा राखेको जनाएको छ।
