सुर्खेत । आर्थिक वर्ष २०८२/८३ का लागि दैलेख जिल्लाभरका ११ वटा स्थानीय तहहरूले आ–आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी बजेट दुल्लु नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट ठाटीकाँध गाउँपालिकाले विनियोजन गरेको छ।
दुल्लु नगरपालिकाले १ अर्ब ८ करोड ८१ लाख उनचालीस हजार रुपैयाँको बजेट ल्याएको छ। दोस्रोमा गुराँस गाउँपालिका छ, जसले ७३ करोड ६१ लाख ४४ हजार नौ सय पचपन्न रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै, नारायण नगरपालिकाले ५६ करोड ४४ लाख ५९ हजार चार सय उनानचालीस रुपैयाँ र आठबीस नगरपालिकाले ५६ करोड ८८ लाख ६८ हजार पाँच सय छयासी रुपैयाँ अठहत्तर पैसा बजेट सार्वजनिक गरेका छन्।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले ४८ करोड ४३ लाख तीन हजार अठासी रुपैयाँ बजेट ल्याएको छ। डुङ्गेश्वर गाउँपालिकाले ४१ करोड ८१ लाख ७२ हजार नौ सय तेइस रुपैयाँ विनियोजन गरेको छ। भगवतीमाई गाउँपालिकाले ५६ करोड ४५ लाख ५७ हजार दुई सय चउँबीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नौमूल गाउँपालिकाको बजेट पैंतालीस करोड आठ लाख सड़सठ्ठी हजार चार सय पचपन्न रुपैयाँ रहेको छ। महावु गाउँपालिकाले उनन्चास करोड चालीस लाख बयालिस हजार सात सय बाइस रुपैयाँको बजेट ल्याएको छ।
भैरवी गाउँपालिकाले पनि करिब ५० करोड रुपैयाँ अर्थात् ४९ करोड १९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। सबैभन्दा कम बजेट ठाटीकाँध गाउँपालिकाको रहेको छ, जसले चालु वर्षका लागि ४१ करोड १५ लाख ३१ हजार उनान्साठी रुपैयाँ विनियोजन गरेको छ।
बजेट विवरणहरू सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूमार्फत प्राप्त तथ्यांकका आधारमा संकलन गरिएको हो।
पालिकाहरूले आ–आफ्ना प्राथमिकताअनुसार पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी सिर्जना र सेवा प्रवाह सुदृढीकरणमा बजेट केन्द्रित गर्ने जनाएका छन्।
