हाम्रो बारे

ए.के. सञ्चार डटकम सञ्चारको दुनियाँमा सत्य, सन्तुलित र उत्तरदायी पत्रकारिताको पक्षमा उभिएको एक नवीन प्रयास हो। हामी समाज, सत्ता र सेवाप्रवाहबीच सशक्त सेतुपात्र बन्ने आकांक्षासहित सञ्चार क्षेत्रमा सक्रिय छौं।
हाम्रो प्राथमिक उद्देश्य सूचना र समाचारलाई आम जनसमुदायको पहुँचसम्म पु¥याउनु हो। विशेषगरी राज्यको सेवा प्रवाह प्रणाली, जनप्रतिनिधिको जवाफदेहिता, र जनतालाई प्रत्यक्ष असर पार्ने नीतिगत गतिविधिहरूमा गहिरो निगरानी गर्दै जनपक्षीय आवाज उठाउनु हाम्रो मुख्य धर्म हो।

ए.के. सञ्चार डटकम केवल समाचारको स्रोत मात्र होइन, यो एक साझा मञ्च हो– जहाँ स्थानीय तहदेखि संघीय संरचना, जनजीवनदेखि नीति निर्माणसम्मका विविध आयामलाई उजागर गरिन्छ। हामी विश्वास गर्छौं, सूचनाको पारदर्शिता र सञ्चारको विश्वसनीयता लोकतन्त्रको मेरुदण्ड हो।
समाज परिवर्तनका लागि पत्रकारितालाई माध्यम बनाउँदै, हामी तपाईंको सोच, आवाज र मुद्दालाई देशव्यापी बहसको केन्द्रमा ल्याउने प्रतिवद्धतासहित अघि बढिरहेका छौं।
