
सुर्खेत । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले राष्ट्रिय एण्टीडोपिङ्ग एजेन्सी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी गराए। खेलकुद क्षेत्रको विकास र प्रतिस्पर्धालाई पारदर्शी तथा मर्यादित बनाउन डोपिङ्ग नियन्त्रणको भूमिका महत्वपूर्ण हुने अर्थमन्त्री पौडेलले उल्लेख गरे।
सरकारले आगामी वर्ष खेलकुद क्षेत्रको समुन्नत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार