काठमाडौँ । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।
इजलासमा थपलियासहित निर्वाचन आयुक्तहरु ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जवरा रहेका छन् ।
बुधबार नै बसेको इजलासको बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ ।
ए.के. सञ्चार । २३ असार २०७८, बुधबार १६:२८