कर्णालीका मुख्यमन्त्रीको शपथ बिहीबार दिउँसो ३ बजे 

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमो शपथ बिहीबार हुने भएको छ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै माओवादी केन्द्रका राजकुमार शर्माले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण लिने भएका हुन्।

शपथ ग्रहणका लागि बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सुचना जारी गर्दै बिहीबार दिउँसो ३ बजेका लागि समय तोकेको छ।

शर्मालाई नेपालको सविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनियताको शपथ खुवाउने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन्।