२४ घण्टामा २९०५ जना कोरोना संक्रमित , १८ जनाको मृत्यु

काठमाडौं, असार ३० । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।