सुर्खेत । जिल्ला प्रशासन सुर्खेतले दशै, तिहार नजिकिँदै गर्दा चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तीव्रता दिएको छ ।
प्रशासन सुर्खेतले चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्याहरुकाे राेक्नका निमित्त सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।
संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेपनि उनीहरुले वेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालयले एक्लै जिल्लाभरी चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र दिई रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त रुपमा बजार अनुगमन गर्ने गरिएको बताए ।
‘जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य, प्रविधि तथा गुुण नियन्त्रण डिभिजन, नेपाल नापतौल तथा गुुणस्तर कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ तथा पत्रकारसहितको संयुक्त अनुुगमन टोलीले नियमित रुपमा बजार अनुुगमन गरिरहेको छ ।







