साउन १७ बाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई उडान

काठमाडौं । आगामी १७ साउन बाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई सेवा उपलब्ध हुने भएको छ । यस अघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अब बुद्ध एयरले नियमित उडान तालिका सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो । जहाज आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ । यो जहाज १० बजे बिहान नेपालगन्जबाट पोखरा फिर्ता हुने गरि तालीका तय गरिएको छ ।

बुद्ध एयरले क्षेत्रिय उडानलाई बढाउने सन्दर्भमा पोखरा(नेपालगन्ज रुटमा उडान बिस्तारको योजना यसअघि नै सार्वजनिक गरेको थियो ।