वर्तमान सरकारको कुनै औचित्य नभएको प्रेम सुवालको दाबी

काठमाडौं । साउन २९ गते
वर्तमान सरकारको कुनै औचित्य नभएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले टिप्पणी गरेका छन्।आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको बताएका हुन।

उनले काठमाडौंका धेरै वटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अभिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरेका छन्।मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भए पनि वर्तमान सरकारले उनीहरूमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उनले आक्रोश पोखेका छन्।