जुम्लामा कोभिड संक्रमण फेरि बढ्यो

खलंगा । जुम्लामा लापरवाहीका कारण कोभिड १९ संक्रमण बढिरहेको छ । स्वास्थ्य मापदण्डको पालना नगर्नु र कोभिडलाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

शुक्रबार मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पिसिआर परीक्षण गरिएकोमा ४० जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।

एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।