विद्यालय खोल्न दिनुपर्ने विषयमा सिसिएमसीमा छलफल

काठमाडौं । बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा छलफल भएको छ।

बिहीबार (आज) सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएको हो। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल मात्रै भएकाले सहमति भने नभएको जानकारी दिए।

उनका अनुसार बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा।हरि लम्साल, प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारीहरू सहभागी थिए। छलफल भएको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरूप निर्णय लिइनेछ। वैशाख १६ गते निषेधाज्ञा जारी भएदेखि बन्द भएको शैक्षिक संस्थाहरू अहिलेसम्म पनि सञ्चालनमा रोक लगाइएको छ।