जुम्ला विमानस्थलको स्तरबृद्धि गर्न बनेको डिपिआर अलपत्र

जुम्ला । कर्णालीकै सबैभन्दा व्यस्त तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल स्तरबृद्धि डिपिआरनै अलपत्र परेको छ । दुई वर्ष पहिलेनै नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला बिमानस्थल स्तरउन्नति गर्ने डीपीआर गरेको थियो ।

करिब १ करोड बढी बजेट लाग्ने अनुमानसहित डिपिआर भएपनि वर्षौं बितिसक्दा पनि विमानस्थलको स्तरवृद्धि हुन सकेन् । नत प्राधिरकणले चासो नै दिएको छ । साघुरो धावनमार्ग भएकै कारण गएको २०७५ साल जेठ २६ गते २०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटना भयो ।

नेपालगज्ज देखि जुम्ला उडान भरेको नाईन एमएइभी कल साइन तारा एयरको टुइनेटर जहाँज धावमार्गमै दुर्घटना भएपछि तत्काल विमानस्थल स्तरबृद्धि गर्ने बहस शुरु भयो । सो विमानस्थलको अपेक्षित स्तरवृद्धि भने हुन सकेको छैन् ।

साथै जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्माले जुम्लामा यात्रु चापलाई मध्यनजर गर्दा ठुलो जहाजको उडान सम्भव भएको र त्यसका लागि विमानस्थलको स्तरबृद्धि आबश्यक रहेको बताए । हाल जुम्लालगायत कर्णालीमा १८ सिटे जहाज संचालित छन् ।

स्तरवृद्धिको आसआश्सन मात्रै दिने काम नगर्ने प्राधिरकणलाई छिटै प्रक्रिया सुरु गर्नसमेत उनको माग छ । जुम्ला विमानस्थल संगै मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल विमानस्थलमा साघुरो धावनमार्ग भएकै कारण जोमिखका बीच उडान भइरहेका छन् ।