‘काँक्रेविहार गोल्डकप’ विजेताका लागि वीरेन्द्रनगर भर्सेस पञ्चपुरी

सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज आइतरबार विजेताका लागि वीरेन्द्रनगर र पञ्चपुरीबीच खेल सुरू हुँदै छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रङ्गशालामा खेल सुरू हुन लागेको हो ।

‘काँक्रेविहार गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनल खेलका लागि वीरेन्द्रनगर र पञ्चपुरी बीच फुटबल खेल चल्ने छ ।आज हुने अन्त्तिम खेलमा प्रतियोगिताको विजेता टोलीले १ लाख र उप–विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

हिजो भएको अन्तिम सेमिफाइनल खेलमा चिङ्गाड र वीरेन्द्रनगबीच भएको थियो । वीरेन्द्रनगर नगरपालिकाका खेलाडि सुदिन विकले २८ मिनेटमा, रोसन रिजालले २८ मिनेटमा र भुपेन्द्र शाहिले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै चिङ्गाड गाउँपालिकाका खेलाडी हेमन गुरुङ्गले पहिलो हाफ ३ मिनेटमा १ गोल गरेका थिए भने, खेलको ६३ औं मिनेटमा बिक्रम वललिले १ गोल गरेका थिए । वीरेन्द्रनगरले चिङ्गाडलाई ३–२ गोलले हराए सँगै वीरेन्द्रनगर विजेताका लागि चुनिएको थियो ।

भने शुक्रबार भएको सेमि फाइनल खेलमा भेरीगंगा र पञ्चपुरीले खेलेका थिए । ‘पेनाल्टी–सुटआउट’ गरेसँगै पञ्चपुरी फाइनलमा पुगेको छ । फाइनल खेलकामा निर्धारित खेल अवधिमा गोलरहित भएपछि ‘पेनाल्टी–सुटआउट’ मा खेल भएको थियो ।