सरकारले क्यान्सर, मिर्गौला, मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँ दिने

काठमाण्डाै । सरकारले क्यान्सर, मिर्गौला, गम्भीर मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ ।

आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालको चुनावअघि निर्णय गरे पनि कार्यान्वयनमा नगएको दीर्घ रोगीलाई भत्ता दिने योजना यस पटक बजेटमार्फत आएको हो । यो योजनालाई चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेको थियो । यो कार्यक्रमबाट झन्डै एक लाख जना लाभान्वित हुने सरकारको रहेको अनुमान छ ।