२४ घण्टामा ३ हजार १२५ कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।