दैलेखमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु

दैलेख । दैलेखकाे दुल्लुमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मंगलबार मध्यपहाडी राजमार्ग अन्तर्गत दुल्लु नगरपालिका वडा नम्बर-९ मा पर्ने गोबे धारामा टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाईते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाङ्गिले जानकारी दिए ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नम्बर ३ सियाला बस्ने अन्दाजी बर्ष २८ का धनबहादुर बुढा रहेका छन् । टिप्पर सडकबाट करीब १ सय ५० मिटर तल खसेको थियो । घाईतेको दुल्लु अस्पतालमा उपचार भैरहेको छ । उनीहरु दुल्लु नगरपालिकामा कार्यरत थिए ।