कर्णालीमा माओवादी र एमालेबीच आलोपालो सरकार बन्ने

सुर्खेत । नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्न साढे एक घण्टा मात्रै बाँकी रहेको समयमा रहदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति रहेको हाे ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

यस्तै, कंडेल झण्डै सात वर्ष पछि नेता मुख्यमन्त्री बन्ने सपना पुरा हुने पूरा हुन् थालेकाे छ ।

उक्त सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् ।

आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।