प्रमोद खरेलको गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको सुमधुर गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाकन, मिलन श्रेष्ठ र शाहील खानको सम्पादन छ ।

रोमान्टिक गीतको भिडियोमा सुधीर र उषा पनि रोमान्टिक अवतारमा उत्रिएका छन् । भिडियो आशुतोष फिल्मसले निर्माण गरेको हो ।