राजेशको ‘बरि लै’ सार्वजनिक

काठमाडौं : गायक राजेश कुँवरको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। कुँवरको ‘बरि लै’ बोलको गीत सार्वजनिक भएको हो।

चन्द्र चौधरीको शब्द, संगीत र संयोजन रहेको गीत अकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड भएको हो। मायाप्रेमका भाव समेटिएको गीतको भिडियो पनि राम्रो बनेको छ। ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा मानसी तामाङ, निकेश ढकाल, सागर लामा लगायतका नवकलाकारहरूको अभिनय छ।

अनिल गुरुङको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विराज तामाङले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई अञ्जिल गुरुङले निर्देशन गरेका हुन्।

गत वर्ष गायक कुँवरले चर्चित गायिका मेलिना राईसँग ‘सिङ्गापुरे सारी’ बोलको गीतमा आवाज दिएका थिए। गीतमा सुनिल क्षेत्री गायतका कलाकारहरूको अभिनय रहेको थियो।