उपप्रधानमन्त्री बिनाको देउवा क्याविनेट, दोस्रो वरीयतामा खाँण

काठमाडाैं : सरकारको नेतृत्व सम्हालेको भन्डै तीन तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएनन्।

२५ सदस्यीय मन्त्रिमण्डलमा देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रो वरीयतामा राखेका छन्। उपप्रधानमन्त्री हुन नपाउने भएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएन्।

कांग्रेसमै पनि उपप्रधानमन्त्री पाए सरकारमा जान सुजाता कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले इच्छा जनाएपछि व्यवस्थापन गर्न नसकिने भएर देउवा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने निर्णयमा पुगेका हुन्।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ईश्वर पोखरेल, विष्णु पौडेल, रघुवीर महासेठ, र राजेन्द्र महतो गरी चार जनालाई उपप्रधानमन्त्री बनाएका थिए।