डोटीमा स्कारपीयो जीप दुर्घटना, पाँच जना घाइते

डोटी । डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको स्कारपीयो जीप डोटीमा दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।जोरायल गाउँपालिका–२ को रुवसकाँडामा प्रदेश नम्बर ०३०१.०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका–८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी–५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा, चालक अमरगढी नगरपालिका–७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर, कैलालीको गौरीगंगा नगरपालिका–२२ वर्षीय जीवन चौधरीघाइते भएका छन् ।