हुम्ला काठमाडौंसँग ९ गोलले पराजित

काठमाडौं : काठमाडौंमा सुरु भइरहेको राष्ट्रिय स्तरको उपमेयर कप फुटबल प्रतियोगिता अन्तर्गत हुम्ला र काठमाडौंबीच दोस्रो हाफ सकियो । दोस्रो हाफमा काठमाडौंले ८७ मिनेटमा एक थपेर ४ गोल गरेको थियो ।

पहिलो हाफमा हुम्लाविरुद्ध काठमाडौंले चार गोल गरेको थियो । पुनः ११ मिनेट समय थप गरेपनि काठमाडौंले हुम्लाविरुद्ध एक गोल गर्दा ९-० मा हुम्लालाई काठमाडौंले पराजित गरेको हो । उपमेयर कपमा हुम्लाले पहिलो पटक सहभागिता जनाएको हो ।