सुर्खेत । वीरेन्द्रनगरमा जारि ‘काँक्रेविहार गोल्डकप’ पहिलो भुटबल प्रतियोगीताको चौथो दिनको खेल सुरू भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशालामा खेल साढे दुईबजेबाट सुरू भएको हो । अन्तिम सेमिफाइनलका लागि वीरेन्द्रनगर पालिका भर्सेस चिङ्गाड गाउँपालिका बिच खेल भईरहेको छ ।
उक्त खेल सुरू भएको तीन मिनेटमा चङ्गाड गाउँपालिकाले एक गोल गरेको छ ।
हिजो शुक्रबार भएको सेमि फाइनल खेलमा भेरीगंगा र पञ्चपुरीले खेलेका थिए । ‘पेनाल्टी–सुटआउट’ गरेसँगै पञ्चपुरीले आफ्नो फाइनल पुगेको छ । फाइनल खेलका लागि वीरेन्द्रनगरस्थित रंगशालामा निर्धारित खेल अवधिमा गोलरहित भएपछि ‘पेनाल्टी–सुटआउट’ मा खेल भएको थियो ।
पेनाल्टीमा पञ्चपुरीले भेरीगंगालाई एककाविरुद्ध तीन गोल गरेर आफ्नो फाइनल यात्रा सुरक्षित गरेको हो । ‘काँक्रेविहार गोल्डकप’मा प्रथमले एक लाख र दोस्रोले ५० हजार राशीको पुरस्कार रहेको छ ।
ए.के. सञ्चार । १३ कार्तिक २०७८, शनिबार १४:५७