साफ यू–१७ पुरुष फुटबलमा आज नेपालले भुटानको सामना गर्दै

काठमाडौं । आज नेपालले श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दैछ ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले आज भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको राति ८:१५ बजे सुरु हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा भुटानलाई भारतले ३–० गोल अन्तरले हराएको थियो ।समूह बी मा रहेको भारतले १ खेलमा ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ ।यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।